असोज ५, काठमाडौँ | कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५, काठमाडौँ | कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्त"/>
2026-06-20 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसबाट ७ राज्यमन्त्री थपिँदै, को–को बन्दै छन् राज्यमत्री

असोज ५, काठमाडौँ | कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको स्रोतलाई उद्धृत गर्दै आजको कान्तिपुरमा खबर छापिएको छ । कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।

माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा चार राज्यमन्त्री चयन गरिसकेको छ । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । राप्रपाले पनि राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् । साना दलका लागि भनेर ती मन्त्रालय छुट्याइएका हुन् 

को–को बन्दै छन् राज्यमत्री ?

कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित भएपछि देउवा राज्यमन्त्री तत्काल पठाउने तयारीमा लागेका हुन् ।

देउवा निकट स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका हुन् ।

राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतको दाबी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ