पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत ७, काठमाडौँ | </b>नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा जान पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।<br></p><p>पार्टी कार्यालयमा बसेको सचिवालयले बैठकले कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।</p><p>उनले भने, ‘सरकार गठनको सम्पूर्ण प्रक्रियाको गृहकार्य गर्नका लागि पार्टी अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालको कार्यदल बनाइएको छ । त्यो कार्यदलले सरकारमा जाने पार्टीका मन्त्रीहरूले गर्ने काम, कस्ता नीति कार्यक्रम, केन्द्रदेखि प्रदेशसम्मको विषयमा गृहकार्य गर्छ ।’</p>

