असोज ७, काठमाडौं । स्थानीय तह पूर्नसंरचना आयोगका अध्यक्ष बालानान्द पौडेलले असोजभित्रै आयोगले प्रतिवेदन सरकारलाई बुझाउने बताएका छन् ।

शुक्रबार रिपोर्टर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौं । स्थानीय तह पूर्नसंरचना आयोगका अध्यक्ष बालानान्द पौडेलले असोजभित्रै आयोगले प्रतिवेदन सरकारलाई बुझाउने बताएका छन् ।

शुक्रबार रिपोर्टर्"/>

2026-06-24 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजभित्रै आयोगले प्रतिवेदन बुझाउँछ: अध्यक्ष पौडेल

2016-09-23

असोज ७, काठमाडौं । स्थानीय तह पूर्नसंरचना आयोगका अध्यक्ष बालानान्द पौडेलले असोजभित्रै आयोगले प्रतिवेदन सरकारलाई बुझाउने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष पौडेलले भने,‘हामी असोजभित्रै ७५ वटै जिल्लाको रिपोर्ट सरकारलाई बुझाउँछौं, अहिले त्यही अनुसार काम भैरहेको छ ।’ अहिलेसम्म आयोगले ४८ वटा जिल्लाको काम करिव–करिव सकेको भएपनि ४८ मध्ये ८ जिल्लामा पूर्ण सहमति बनिनसकेको स्पष्ट पारे । उनल प्रस्ट्याए,‘विवाद रहेका ८ जिल्लामा अहिले रिभ्यु भैरहेको छ ।’

उनले अघि थपे,‘ती जिल्लाहरुको विवाद मिलाउनको लागि हामीले आग्रह गरेका छौं, उहाँहरुले मिलाएर पठाउनुभएन भने आयोगले हस्तक्षेप गर्छ, संवैधानिक प्रावधान अनुसार काम अघि बढाउँछौं र सरकारलाई प्रतिवेदन बुझाउँछौं ।’

आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बाँकी २७ जिल्लाको प्रतिवेदन बनाउने काम द्रुत गतिमा आयोगले अघि बढाईरहेको समेत जनाए ।

पौडेलले बाँकी रहेका २७ जिल्लाको काम सम्पन्न गर्ने कुरामा समेत आयोग गम्भिर रहेको बताए । उनले थपे,‘दशैंमा पनि विदा नलिईकन हामी काम गछौं, सार्वजनिक विदाका दिनमा समेत हामीले काम गरिरहेका छौं, अहिले आयोगलाई कामको चटारो छ ।’

आयोगले अघि सारेको ५६५ संख्यामा राजनीतिक दलहरुले विवाद गर्नुपर्ने विषय नभएको समेत अध्यक्ष पौडेलको भनाई थियो । उनले थपे,‘संख्या त निरपेक्ष विषय हो, सापेक्ष रुपमा हेर्नुपर्छ, आयोगको संवैधानिक प्रावधान अनुसार छ कि छैन भनेर बरु दलहरुले हेर्नुपर्छ, अनावश्यक विवाद झिक्नु राम्रो हुँदैन् ।’

आयोगले अघि सारेको संख्या रेन्जमात्रै भएको उनको तर्क थियो । पौडेलले थपे,‘संख्या त कम हुन्छ, वा बढि हुन्छ ।’ उनले ५६५ संख्या भनेको सिंहदरबार र बानेश्वरको अधिकारलाई गाउँसम्म विकेन्द्रिकरण गर्ने बताए । “हाल कायम रहेको गाविस र नगरपालिकाको सङ्ख्याका आधारमा अब पुनःसंरचना हुँदै गरेको गाउँपालिका र नगरपालिकालाई हेर्नु हुदँैन, पहिले सिफारिसको काम मात्र गर्ने स्थानीय निकायले अब संविधान अनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम गर्नेछ”–अध्यक्ष पौडेलले भने ।

संख्या घटाउनुपर्नेबारेमा विद्धान तथा विज्ञहरुले कुरा अघि सारेको उल्लेख गर्दै अध्यक्ष पौडेलले भने,‘युनिटहरु भाईवल हुन्छ कि हुँदैन भन्ने कुरा हो, यहाँ त प्रश्न उठेको छ कि फाईनान्सियल्ली यो कतिको भाईवल हुन्छ भनेर, त्यसरी हेर्ने हो भने संख्या त २०० हुनुपर्ने हो नि ।’ उनले बाहिर हल्ला भएजसरी संख्या घटाउनको लागि दलहरुले आयोगलाई दबाब नदिएको समेत प्रस्ट्याए । उनले थपे,‘सुरु सुरुमा अलिक बढि नै प्रेसर थियो, तर अहिले त्यस्तो छैन् ।’

स्थानीय निकायको चुनाव समयमै गरिएन भने संवैधानिक संकट पैदा हुने होकि भन्ने विषयमा आयोग बढि नै चिन्तित भएर आयोगले दलहरुलाई यो विषयमा समेत ध्यानकार्षण गराईसकेको उनको भनाई थियो । उनले थपे,‘स्थानीय तहको निर्वाचन नभएसम्म संघीयताको रोल वाउट नै हुँदैन ।’

तराईका जिल्लामा भने अहिले पनि विवाद रहेको अध्यक्ष पौडेलले जनाए । उनले थपे,‘स्थानीय तहको निर्वाचनको बारेमा मधेशवादी दलले प्रष्ट विरोध गर्नुभएको छ, त्यसकारण काम गर्न कठिनाई भैरहेको छ ।’ यद्धपी उनले आयोगले डाटा संकलन र एनालाईसिसको कामहरु भने अघि बढाईरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक