2026-10-01 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

‘एनआरएनलाई फुट्नबाट जोगाएर एक ढिक्का बनाउन मेरो उम्मेदवारी’: रोविन शेरचन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी रोविन शेरचनले एनआरएनएलाई एक सूत्रमा बाँध्न आफूले नेतृत्वमा दाबी गरेको बताएका छन् ।

कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की पोखरा समाज जापानद्वारा आइतबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै शेरचनले पछिल्लो समय संस्थामा मौलाएको समानान्तर कमिटी गठन गर्ने र विभाजन गर्ने प्रवृत्तिले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेकोमा चिन्ता व्यक्त गरे ।

शेरचनले भने, ‘अहिले हामी बाह्रौँ अधिवेशनको संघारमा छौँ। विगतमा निर्वाचन प्रक्रियालाई लिएर भएका असमझदारी र बारम्बारको फुटले संस्था नै धराशायी बनेको मैले महसुस गरेको छु । यस्तो अवस्थामा सबै साथीहरूलाई सकारात्मक सोचका साथ एउटै संगठनमा अटाउने वातावरण बनाउनु मेरो पहिलो प्राथमिकता हो।’उनले संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इमानदार नेतृत्व र सकारात्मक परिवर्तनका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए।

शेरचनले आफ्नो चुनावी अभियानका क्रममा विश्वभर छरिएका नेपालीहरूसँग साक्षात्कार गर्न आगामी शुक्रबारदेखि न्युयोर्क, डालस, टोरन्टो, युरोप र मध्य पूर्वका देशहरूको भ्रमण गर्ने र मार्च ८ सम्ममा नेपाल पुग्ने जानकारी समेत दिए।

कार्यक्रममा महासचिवका उम्मेदवार रहेका वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले संस्था जोगाउनका लागि उपयुक्त पात्रले अबको नेतृत्व लिनुपर्ने बताए ।

कार्यक्रममा कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियाँ र कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोलासहित अग्निधर देवकोटा, केदार कुँवर, तिलक चालिसे, सविन पौडेल, तीर्थ भण्डारी, अञ्जु भण्डारी, सञ्जीव श्रेष्ठ, रवीन बज्राचार्य, सन्तोष तिमल्सिना, विमल सुवेदी, बाबा राजेश्वरी थापा, राजेन्द्र गौतम र मोहन घले लगायतले रोविन शेरचनको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता