2026-10-22 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

‘एनआरएनलाई फुट्नबाट जोगाएर एक ढिक्का बनाउन मेरो उम्मेदवारी’: रोविन शेरचन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी रोविन शेरचनले एनआरएनएलाई एक सूत्रमा बाँध्न आफूले नेतृत्वमा दाबी गरेको बताएका छन् ।

कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की पोखरा समाज जापानद्वारा आइतबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै शेरचनले पछिल्लो समय संस्थामा मौलाएको समानान्तर कमिटी गठन गर्ने र विभाजन गर्ने प्रवृत्तिले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेकोमा चिन्ता व्यक्त गरे ।

शेरचनले भने, ‘अहिले हामी बाह्रौँ अधिवेशनको संघारमा छौँ। विगतमा निर्वाचन प्रक्रियालाई लिएर भएका असमझदारी र बारम्बारको फुटले संस्था नै धराशायी बनेको मैले महसुस गरेको छु । यस्तो अवस्थामा सबै साथीहरूलाई सकारात्मक सोचका साथ एउटै संगठनमा अटाउने वातावरण बनाउनु मेरो पहिलो प्राथमिकता हो।’उनले संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इमानदार नेतृत्व र सकारात्मक परिवर्तनका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए।

शेरचनले आफ्नो चुनावी अभियानका क्रममा विश्वभर छरिएका नेपालीहरूसँग साक्षात्कार गर्न आगामी शुक्रबारदेखि न्युयोर्क, डालस, टोरन्टो, युरोप र मध्य पूर्वका देशहरूको भ्रमण गर्ने र मार्च ८ सम्ममा नेपाल पुग्ने जानकारी समेत दिए।

कार्यक्रममा महासचिवका उम्मेदवार रहेका वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले संस्था जोगाउनका लागि उपयुक्त पात्रले अबको नेतृत्व लिनुपर्ने बताए ।

कार्यक्रममा कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियाँ र कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोलासहित अग्निधर देवकोटा, केदार कुँवर, तिलक चालिसे, सविन पौडेल, तीर्थ भण्डारी, अञ्जु भण्डारी, सञ्जीव श्रेष्ठ, रवीन बज्राचार्य, सन्तोष तिमल्सिना, विमल सुवेदी, बाबा राजेश्वरी थापा, राजेन्द्र गौतम र मोहन घले लगायतले रोविन शेरचनको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ