पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत २६, काठमाडौँ |</b> प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेट भएको छ । <br></p><p>सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रचण्डले आज बिहान गेटास्थित निवासमै पुगेर भट्टलाई भेटेका हुन् ।</p><p>पूर्वमाओवादी समेत रहेका भट्ट नेकपा विभाजनका बेला एमालेमै बसेका थिए । त्यसपछि प्रचण्ड र भट्टबीचको सम्बन्धमा खटपट आएको थियो । </p>

