Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 24, 2023 राजनीति

मुख्यमन्त्री गिरीले विश्वासको मत नपाएसँगै लुम्बिनी प्रदेश सरकार पनि ढल्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख ११, रुपन्देही |</b> लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ।&nbsp; बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।<br></p><p>प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा&nbsp; ३३ र&nbsp; विपक्षमा ५३ मत पर्यो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।</p><p>यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ&nbsp; भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ।&nbsp; अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।</p>