पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ११, चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरू हुन लागेको छ । केही बेरअघि भएको सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना सुरू हुन लागेको हो ।

बैठकपछि पत्रकारहरूसँग बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सौहार्दपूर्ण ढंगले मतगणनालाई अगाडि बढाउने र जो विजय भए पनि सद्भाव कायम राख्ने बताए ।

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूलाई कानूनी दायरामा ल्याउने कुरा भएको उल्लेख गरे । चितवनका विकासका लागि सबैजना मिलेर जाने सहमति भएको पनि उनले बताए ।

श्रेष्ठका अनुसार इच्छाकामना गाउँपालिकाबाट मतगणना गरिनेछ । सबै वडाहरूको अलगअलग गणना गर्ने सहमति भएको उनले जानकारी दिए ।

अघिल्लो संसदीय चुनावमा पनि इच्छाकामना गाउँपालिकाबाट नै मतगणना सुरु भएको थियो । त्यसबेला यस गाउँपालिकामा एमालेले अग्रता लिएको थियो भने रवि दोस्रो भएका थिए ।