Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 25, 2023 राजनीति

बारा–२ मा यादवको चार हजार बढीको अग्रता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १२, काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।

मंगलबार जारी मतगणनाको पछिल्लो अद्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ४९६ मतसहित अग्रता कायम राखेका छन् ।

हालसम्म ४३ हजार ३८२ मत गणना सम्पन्न हुँदा यादवले अग्रता कायमै राखेका हुन् ।

यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १४ हजार १७४ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५१४ मत र रास्वपाका रमेश खरेलले २ हजार १९६ मत पाएका छन् । यादव र कुशवहाको मतान्तर चारहजार बढी रहेको छ ।