Skip to content
Friday, July 17, 2026 Nepali Online Media
May 17, 2023 राजनीति

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताउनुभएको छ । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई नेताले छोडेर जानुभएको अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो ।

“मुलुक बनाउन बोकेका सपना  पूरा गर्न नभ्याउँदै उहाहरुको हत्या भयो,” अध्यक्ष ओलीले भन्नुभयो, “त्यो सपना आज उहाँहरुका उत्ताराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ ।” उहाँले मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उहाँको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सङ्गठन सृदृढ भएर अघि बढ्यो भने मात्र उहाँहरुले छोडेर जानुभएको अभिभारा पूरा गर्न सकिने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज)का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राख्नुभयो । उहाँले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गर्नुभयो । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उहाँको भनाइ थियो ।

मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरुले नेता भण्डारीको शालिकमा माल्यापर्ण गर्नुभयो ।