पढ्न करिब 2 मिनेट लाग्छ

जेठ १२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा रहेको जलहरी सुनको हो वा पित्तलको हो भन्ने बारेमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार साढे १२ बजे बसेको प्रतिनिधिसभा बैठकको सूरुमै एमाले सांसदहरु आसनबाट उठेका थिए । सभामुखले प्रमुख पदम गिरीलाई बोल्न समय दिएपछि उनले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउने काममा भष्टाचार गरेको आरोप लगाएको बताए । सांसद दाहालले त्यहाँ सुन भनेर पित्तल लगाएको भनेर बिना तथ्यको अरोप लगाएको गिरीले बताए । उनले बिना प्रमाण बिना तथ्य आरोप लगाउने कामको एमालेले निन्दा र भत्सना गर्ने बताए ।

उनले भने– ‘विगतका अनेक भष्टाचारका फाइलहरु खोजौँ, एक एक गरेर भष्टाचारीलाई कारवाही गरौँ, जनतामा नयाँ उत्साह भर्ने काम गरौँ, त्यो जिम्मेवारीबाट हामी पन्छिन मिल्दैन । तर पछिल्लो समय हामी देख्दैछौँ, संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न प्रश्नहरु औंल्याउने गर्छ, यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिनाआधार, बिना प्रमाण सत्तापक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्षी दलहरुलाई इङ्गित गरी भष्टा

उनले पशुपतिको जलहरीमा लगाएको सुन हो कि पित्तल हो सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए । सो को जवाफ नपदउञ्जेलसम्म सदन अगाडि बढाउन नदिने चेतावनी दिए । उनले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि उनले आग्रह गरे । सभामुखले नीति तथा कार्यक्रमको छलफल अन्तिमतिर पुगेको आग्रह गर्दापनि एमालेले बैठक अवरुद्ध गरेको छ । गिरीपछि बोलेका पूर्व सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतालाई सत्ता पक्षका सांसदले गम्भीर आरोप लगाएको भन्दै यस्तो गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी संसदमा बस्छौँ भन्दै प्रश्न गरे ।