Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 29, 2023 राजनीति

रेशमलाई आममाफीपछि गगन थापा भन्छन्- यो राजाको शासन होइन, अदालतलाई हेप्न पाइँदैन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएकोप्रति असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूलाई अफ्ठ्यारो पर्यो भन्दैमा अदालतलाई हेप्न नपाइने बताए।

नेपालको कानुनले अदालतको निर्णय गरेपछि अन्तिम फैसला सन्दर्भमा सजाय मिनाह हुन्छ कि हुँदैन भनेर व्यवस्था गरेको उनको भनाइ छ।

उनले भने, ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ। हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइ गरेर हामी कुनै निर्णय गछौं। अदालतको पूर्णपाठ भएको छैन। हतार हतार निर्णय गछौं। हामीले अदालतलाई हेप्यौं। हामीले जे गरेपनि हुन्छ भन्यौं। हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुराहरु चल्छ।’

उनले कांग्रेस विधिको शासन अनुसार चल्ने पार्टीको रुपम कायम हुनुपर्नेमा जोड दिए।