Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
May 29, 2023 राजनीति

लगानी मोडल बनाएर निजगढ विमानस्थल चाँडै बनाइने

By साझासवाल

जेठ १५, काठमाडौँ | सरकारले लगानी मोडल तयार गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ ।

यसका लागि सरकारले बजेट समेत छुट्याएको जनाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले यो विमानस्थल बनाउन लगानी मोडल तयार गरी चाडै अघि बढाइने बताइएको छ ।

अहिले निजगढ मै विमानस्थल बनाउन उपयुक्त छ वा छैन भन्ने विषय नै बहसमा छ । यो क्षेत्रमा निर्माण गरिँदा उडान सुरक्षामा समस्या देखिने विज्ञहरूले बताउँदै आएका छन् ।