Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 11, 2023 राजनीति

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै राप्रपा सांसदले गरिन् सदन बहिस्कार

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २८, कैलाली | राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेश सभा बैठक बहिस्कार गरेकी छन् ।

कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि माग गर्दै प्रदेश बन्दको आह्वान गरिएकै दिन प्रदेश सभा बैठक राखिएको भन्दै उनले बैठक स्थगित गर्दै आन्दोलनलाई समर्थन गर्न समेत अपिल गरेकी थिइन् ।

‘नेपाल सरकारले सुदूरपश्चिमका जनतालाई हेप्नु भनेको सुदूरपश्चिम सरकारलाई हेप्नु हो । अहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि प्रदेशवासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन ’ उनले भनिन्, ‘आजको सदन स्थगितको लागि जोडदार माग गर्दछु र म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आजको सदन बहिस्कार गरेको घोषणा गर्दछु । ’

सरकारले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो तर, १०० शय्याको मेडिकल कलेज सञ्चालन गर्ने भन्दै बजेट विनियोजन गरेका प्रति उनले आपत्ति जनाइन् ।