<p><b>जेठ ३२, काठमाडौँ | </b>नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् ।<br></p><p>काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरेका हुन् ।</p><p>इजलासमा आज रिजालका अतिरिक्त प्रतिवादीहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जनका कानुन व्यवसायीले पनि थुनछेक बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् ।</p>
नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता रिजालको तर्फबाट थुनछेक बहस
Leave a Comment

