पिपलसँगै ढल्यो मन पनि

साझासवाल

जेठ ३२, चितवन | पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो ।

उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सकेनन्। श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भने, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु ।”

वर्षौंदेखि छहारी दिँदै आएको पिपलको रुख मङ्गलबारदेखि स्थानीयको सम्झनामा मात्र रह्यो ।  वर्षौं अघिदेखि घरअघि ठडिएको पिपलसँग उहाँको परिवारको मात्र होइन, सिङ्गो समाजकै धार्मिक, सांस्कृतिक आस्थासँग जोडिएको थियो । उनका पितापुर्खाले कैयौँ सप्ताह र पुराण त्यही पिपल साक्षी राखेर लगाए । त्यसै पिपललाई साक्षी राखेर छोराछोरीको धार्मिक अनुष्ठान पूरा गरिएको थियो । गाउँका ज्येष्ठ नागरिक त्यही पिपलमुनि बसेर गफिन्थे । घिमिरेले सबै कुरा अब बिलाएको गुनासो गरे ।

उखरमाउलो गर्मीमा छहारी प्रदान गरेर साथ दिने वरपिपल, समीलगायतका बिरुवा अब गाउँघरका चोकबाट क्रमशः कटान हुँदै गएका छन् । सहरीकरण र विकाससँगै ती रुख नासिने क्रम बढ्दो छ ।

वनस्पतिविज्ञ रघुराम पराजुलीले अक्सिजनको मुख्य स्रोत मानिने पिपल अचेल घरबस्तीमा पाइन छाड्नु भाबी पुस्ताकै लागि चिन्ताको विषय रहेको बताए । “गर्मी छल्न छहारीको विकल्पमा विद्युतीय पङ्खा, एसी आदि प्रयोग बढेको छ,” उनले भने, “उतिबेला वरपिपल र समीको चौतारीमा बस्न पाउँदा रमाइलो हुन्थ्यो । सबैको जमघटको थलो नै चौतारी हुन्थ्यो । तर विकासका नाममा तिनै वरपिपल मासिँदै गए ।”

गाउँघरमा रुख रोप्दा समृद्धि छाउने भएकाले तिनलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्थ्यो ।  ती चौतारीमा यात्रुले ज्यानसँगै मन बिसाउने थलो हुन्थ्यो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Comment

Leave a Reply