पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३२, काभ्रे । श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।

काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधवार राति निधन भएको वडाध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।

उनी नेकपा एमालेबाट दोस्रो पटक सो वडाको दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।