पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३२, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा सबैभन्दा पीडा ज्येष्ठ नागरिकलाई रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने घुस खाएको पैसाले तपाईंलाई वृद्ध अवस्थामा केही काम लाग्ने छैन, किनभने तपाईंका छोरानाति यहाँ बस्दै बस्दैनन् ।’

त्यस्तै, उनले गोरखा, डडेलधुरा, नुवाकोटको बजेट कटौती गर्नुपर्ने बताए ।

उनले भने, ‘५१ प्रतिशत बजेट तीनजनाको भागमा, बाँकी अरू सांसदको क्षेत्रमा भेदभाव, पक्षपात बजेटमाथि भएको छ । यस्तो बजेटमाथि छलफल गराउनुको औचित्य छ ?’