Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 16, 2023 राजनीति

चीनमा ४ महिना लामो उपचारपछि वर्षमान पुन स्वदेश फर्किए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् ।

चीनमा चार महिना लामो उपचार गराएर स्वास्थ्य ठीक भएपछि उपमहासचिव पुन शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । उपमहासचिव पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्वागत गरेका थिए ।

विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले आफ्नो स्वास्थ्य पूर्ण रूपमा ठीक भएको बताए । 'सबैको माया र सद्‌भावले म स्वस्थ भएर फर्किएको छु,' उनले भने, 'अब राजनीतिमा सक्रिय हुन्छु ।'  उनले स्वास्थ्य उपचारका क्रममा पनि नेपालको राजनीतिप्रति चासो राखेको बताए ।

जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपमहासचिव पुन उपचारका लागि पत्नी ओनसरी घर्तीसहित १ फागुन २०७९ मा चीन गएका थिए । पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो ।