Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 16, 2023 राजनीति

सिके राउत र रेशम चौधरीबीच भेटघाट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १, काठमाडौँ | </b>जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलबाट रिहा भएपछि नेता चौधरीले पहिलो पटक जनमत पार्टीका अध्यक्ष राउतलाई उनकै पार्टी कार्यालयमा गएर भेटेका हुन् । त्यसअघि जनमत पार्टीका अध्यक्ष राउतले चौधरीलाई जेलमै पुगेर भेट्ने गरेका थिए । बिहीबार नेता चौधरी जनमत पार्टीको कार्यालयमै राउतलाई भेट्न पुगेका थिए । नेता चौधरीले भने, ‘यो समान्य राजनीतिक भेटघाट मात्र हो, जेलबाट निस्केपछि सबै साथीभाइ तथा नेताहरुलाई भेट्ने क्रममा राउतजीलाई भेटेको हुँ भेटघाटको खास उद्देश्य थिएन ।’</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/3df595b38c78ba5dd42d33d30b5098431686905651.jpg" style="width: 535px;"><br></p><p>अगामी दिनमा कसरी मिलेर जाने भन्ने विषयमा यसपछिका भेटमा छलफल हुने बताउँदै उनले परिवर्तनका लागि वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा जोड दिए ।&nbsp; नेता चौधरी जेलमा भएका बेला नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको थियो । तर त्यो सहमतिअनुसार अहिले काम भएन । दुवै दल सरकार निर्माण, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव लगायतमा फरक बाटो हिँडेका थिए । चौधरी भन्छन्, ‘त्यो बेलाको अवस्था फरक थियो, त्यही भएर सहकार्य नभएको होला, अगामी दिनमा हामी छलफल गरेर अगाडि बढ्छौं ।’&nbsp;</p>