Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 16, 2023 राजनीति

गृहमन्त्री श्रेष्ठले भने- भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कदम चालिसक्यो, राजनीति पनि सफा गर्नुपर्छ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेता र राजनीतिक दल नबदलिए देश बदल्न सम्भव नभएको बताएका छन् । नवनारी पत्रिकाको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पद भन्ने कुरा जिम्मेवारीमात्रै भएको बताए ।

उनले भने, ‘अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरुलाई रुपान्तरण गरेर सामाजिक-आर्थिक रुपान्तरणको काम गर्ने सरकारको लक्ष्य छ । अहिले सरकार त्यही दिशामा केन्द्रित छ ।’

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सरकारको एक सूत्रीय एजेण्डा रहेको उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणको लागि अहिले ठोस कदम चालेको गृहमन्त्री श्रेष्ठले जिकिर गरे ।

उनले विकासको प्रक्रियालाई अगाडि बढाउँदै सुशासनको अरु आयाममा पनि हात हालेको बताए ।