पढ्न करिब 2 मिनेट लाग्छ

असार ३, काठमाडौँ | रुसी फौजमा नेपाली युवाहरूको धमाधम भर्तीको मुद्दा प्रतिनिधिसभामा उठेको छ ।

आज भएको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दुर्गा राईले उठाएकी छन् । उनले युक्रेनी पक्षमा सरकारले संयुक्त राष्ट्रसंघमा हतारमा मत दिएको तर नेपाली युवाहरू भने रुसको पक्षमा लडेको कुरा आएको भन्दै वास्तविकता खोजी गर्न उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सांसद दुर्गा राईले बोलेको कुरा जस्ताको त्यस्तैः

सन २०२२ फेब्रुअरी २४ बाट सुरु रुसी युक्रेन युद्ध कहिले टुगिंने निश्चित छैन । १५ महिना लामो युद्धमा रुसतर्फ सैनिक र युक्रेनतर्फ सैनिक तथा गैर सैनिक गरी झन्डै साठी हजार बढीको निधन भइसकेको कुरा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

यस बाहेक गैरसरकारी १५ हजार बढीको ज्यान गएको छ । राष्ट्रसंघको युक्रेनमाथि आक्रमण रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रुससँग प्रस्ताव पारित गरेको छ ।

यसमा नेपाल सहित १४१ देशले युक्रेनको पक्षमा मत दिएको छ । सामाजिक संस्था र समाचारहरूबाट नेपाली युवाहरू युक्रेनी र रुसी सेनामा भर्ती भई कार्यरत रहेको कुरा समाचारहरू आइरहेका छन् । त्यो सत्य हो भने एकातिर नेपालले युक्रेनको पक्षमा मत दिने अर्कोतर्फ रुसी सेनामा नेपाली युवाहरू भाडाको सिपाहीको रूपमा काम गरिरहेको समाचार आउनु वास्तविकता के हो सरकारसाग माग गर्दछु ।