Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 23, 2023 राजनीति

रविले समाज परिवर्तनको लागि बालेन र हर्कलाई रास्वपामा गरे आउन आग्रह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ८, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि काठमाडौंका मेयर बालेन शाह धरानका मेयर हर्क साम्पाङलाई रास्वपामा आउन आग्रह गरेका छन् |<br></p><p>बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए हुन् । उनले आफ्नो पार्टीमा समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् ।</p><p>एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको र रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने | आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको उनले भने । बालेन र हर्क दुई जनालाई रास्वपा प्रवेश गराउन सके आफु निकै खुशी हुने भन्दै उनीहरुलाई रास्वपामा आउन आग्रह समेत गरे ।</p>