पढ्न करिब 1 मिनेट लाग्छ

असार ८, काठमाडौँ | अमेरिकी खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ ।

गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६ वर्षीय यी खेलाडीको बलिङ एक्सनमा सन्देह व्यक्त गर्दै प्यानलमा रिपोर्ट गरेका थिए ।

इभेन्ट प्यानलले फिलिप्सको बलिङ एक्सनको भिडियो फुजेटको विश्लेषण गरी अबैध बलिङ एक्सन भएको ठहर गरेको हो ।

उनलाई आईसीसी नियमको धारा ६.७ अनुसार तत्कालका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको आईसीसीले जानकारी दिएको छ ।

आइतबार म्याच अफिसियलले रिपोर्ट गरे पनि फिलिपले मंगलबार भएको नेपालविरुद्धको खेलमा पनि बलिङ गरेका थिए । उनले नेपालविरुद्ध ७ ओभरमा ४९ रन खर्चेका थिए ।

विश्वकप छनोटमा नेपाल, अमेरिका र वेष्ट इण्डिजसहित घरेलु टोली जिम्बाव्वे र नेदरल्याण्ड्स समूह ए मा छन् । अमेरिकाले समूहको आफ्नो अन्तिम खेल सोमबार घरेलु टोली जिम्बाव्वेसँग खेल्दैछ ।