Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 3, 2023 राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १८, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।

कोशी सरकार गठन लगायत विभिन्न विषयमा छलफल गर्न सोमबार अपराह्न बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी छन्।

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डेले कोशी सरकार गठन नै मुख्य एजेन्डा भएको बताएका थिए।

कोशी सरकार गठनसँगै, संघीय सरकारको कामकारवाही, जनमत पार्टीलाई सरकारमा सामेल गराउनेलगायत विषय पनि छलफलको एजेण्डा छन्।

गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन्।