असोज १४, काठमाडौँ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् ।&nb"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, काठमाडौँ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् ।&nb"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले दिल्लीमा फरार अभियुक्त चौधरीलाई भेटेको पुष्टि

२०७३, १४ आश्विन शुक्रबार ०७:२०

असोज १४, काठमाडौँ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् । 

व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद योगेन्द्र चौधरीले भने- ‘दिल्लीको ताजमान होटलमा कार्यक्रम थियो । कडा सुरक्षाका कारण कोही छिर्न पाएका थिएनन् । हलको कार्यक्रम सकिएर डिनरको बेला उनी थारु र मधेस आन्दोलन पक्षधर सांसदसँग भेट्न आएका हुन् ।’

आफूहरुलाई भेट्न आएका चौधरीले त्यहाँ प्रधानमन्त्रीलाई पनि भेटेपछि अभिवादन गरेर आफ्नो गुनासो राख्नु स्वभाविक रहेको उनले बताए । चौधरीले भने- ‘एउटा नेपाली नागरिकले आफ्नो प्रधानमन्त्रीलाई भेट्दा अभिवादन गर्न पाउँदैन ? यसलाई अनावश्यक हल्लाको विषय किन बनाइयो ?’

त्यस विषयमा प्रधानमनन्त्री र उनको दलले जवाफ नदिदै चौधरीले उक्त भेटघाटको वचाउ गरेका हुन् । ‘आफ्नो आङको भैसी नदेखेर अर्काको जुम्रा देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने– ‘थरुहट आन्दोलनका एक संयोजकलाई मन्त्री वनाउन हुने, त्यही आन्दोलनको अर्को एक व्यक्तिलाई भारतमा भेट्न नहुने ?’ नियोजित रुपमा भेटेको होइन । 

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले प्रधानमन्त्री दाहालले राजकीय भ्रमणका बेला कैलाली घटनाका एक फरार अभियुक्तलाई भेटेको विषयलाई तिब्र ओलोचना गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश