लम्पी स्किन रोग रोक्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च गर्नुस्: पदम गिरी

साझासवाल
1 Min Read

असार २९, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन् ।

गत फागुनकोदेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाया मरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सो कुरा बताएका हुन ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरीले विपन्न किसानहरुमा यो प्रकोपबाट ३७ अर्ब हाराहारीको क्षति हुँदापनि त्यसलाई सरकारले गम्भीरताका साथ नलिएको बताए ।

उनले भने, ‘उनले भने, ‘लम्पी स्किनले ४ महिनाको अवधिमा ८ लाखभन्दा बढी पशु चौपायाहरु संक्रमित भएका छन् । सरकारले यसलाई जसरी गम्भीरताको साथ लिनुपर्ने हो, तदारुकता देखाउनुपथ्र्यो, खोपहरु जसरी प्रभावकारी ढंगबाट दिनुपथ्र्याे । सरकारले यसमा उदासिनता देखाएको कारणले ३७ अरव भन्दा बढीको क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ, सरकारले समयमा सजकता देखाएको भए यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन । विज्ञहरुले भनिरहेका छन् यहि अवस्था रहने हो भने २५ लाख पशु चौपाया संक्रमित हुनेछन् । १ लाखभन्दा बढी पशु चौपाया मर्ने अवस्था आउने छ। सरकारले गाउँमा जुन प्रकारले प्राविधिक पठाउनुपथ्र्यो पठाएको छैन ।’  किसान पीडाको आहालमा रहेको बताउँदै उनले सरकारसँग पैसा नभएको हो भने निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फतको रकम खर्च गरेर भएपनि लम्पी प्रकोपविरुद्ध कदम चाल्न आग्रह गरे |

Leave a Comment

Leave a Reply