एमालेप्रति लक्षित गर्दै मन्त्री ज्वालाले भने:- धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन

साझासवाल
1 Min Read

<p><b>असार ३१, काठमाडौँ |</b> भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आइतवार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धूपबत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे ।&nbsp;<br></p><p>उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।&nbsp;</p><p>उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले गठबन्धन ढलोस् भनेर&nbsp; चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउण्ड छ । प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलमा सँगै अघि बढ्का शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौँ कि भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन ।’</p>

Share This Article
Leave a Comment

Leave a Reply