प्रधानमन्त्री प्रचण्ड एक हप्ता बालुवाटारबाट बाहिर ननिस्कने

साझासवाल
1 Min Read

<p><b>असार ३१, काठमाडौँ |</b> प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी वियोगमा हुनुहुन्छ । पत्नी सीताको गत बुधबार निधन भएपछि परिवार शोकमा छ ।&nbsp;<br></p><p>त्यसैले एक हप्तासम्म प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने पारिवारिक र पार्टीको निर्णय छ । उनी स्वर्गीय सीताको सात दिनको काम सकाएर मात्रै बाहिर निस्कने सोचमा रहेको माओवादी नेताहरुले बताएका छन् । एक नेताले भने,‘सामान्य र अनौपचारिक भेटघाट,कुराकानी यसबीच बालुवाटारमा भइरहेको छ ।’&nbsp;</p><p>प्रधानमन्त्रीले आगामी बुधबारसम्म औपचारिक उद्घाटनदेखि अन्य सार्वजनिक कार्यक्रममा सहभागी नहुने बताए ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply