<p><b>असार ३१, काठमाडौँ |</b> नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।<br></p><p>यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।</p><p>आज चाँदी मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।</p>
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Leave a Comment

