पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ५, काठमाडौं |</b> गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको एक क्विन्टल सुनको अनुसन्धानलाई आवश्यक परेमा सिआइबी खटाउने बताएका छन्।<br></p><p>गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार विमानस्थल निरीक्षणमा पुगेका श्रेष्ठले सञ्चारकर्मीसँग बोल्दै उक्त सुन राजस्व अनुसन्धानले छानविन गरिरहेको र आवश्यकता हेरेर नेपाल प्रहरीलाई परिचालन गरिने बताए। आफूले अनुसन्धान कर्मचारीलाई प्रहरीको आवश्यकता परे प्रहरी परिचालन गर्न सकिने बताइसकेको बताए।</p><p>भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।</p>

