पढ्न करिब 1 मिनेट लाग्छ

साउन ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ ।

बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकारलाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनले भने ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।