असोज १५, भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप "/>
2026-06-24 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतसँग २५ बुँदे सम्झौता गरेको दिन रातभर निन्द्रा लागेन: भट्टराई

2016-10-01

असोज १५, भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । 

नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भने — भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको छ । 

संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै “प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ,' उनले भने ।

सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमापर्ने बताउँदै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा दिए । 

डा.भट्टराईले भने–“पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न सक्दैन, देश विकास र समृद्धितर्फ अगाडि बढ्छ ।” 

‘प्रचण्ड’ले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उउनले भने–“प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छ्रैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।” 

डा.भट्टराईले भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न आम नेपाली नागरिकलाई आग्रह गर्दै “भारतसँग भएको २५ बुँदे सहमतिमा के के छन्, भन्ने आमनागरिकलाई थाहा छैन, त्यसलाई गम्भीर भएर अध्ययन गर्नुहोस् ।” 

सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित भएको जिकिर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप लगाए । 

“पहिला भुटानको परराष्ट्र नीति पनि भारतले आफ्नो मातहतमा ल्याएर भुटानलाई प्रयोग ग¥यो,”–भट्टराईले भने-“अहिले भारतले त्यही नीतिअनुरुप नेपालसंग सम्झौता गरायो, प्रधानमन्त्रीले गरेको सम्झौताले अब परराष्ट्र नीतिमा नेपाल स्वतन्त्र हुनसक्दैन ।” 

भारत र पाकिस्तानमा देखिएको द्वन्द्वको परिस्थितिमा अब नेपालले आफ्नो स्वतन्त्र बिचार कसरी राख्छ भन्ने प्रश्न गर्दै उनले मुलुकमा जनतालाई क्रान्तिकारी हुँ बनेर भ्रम फैलाउँदै नेपाललाई भुटान बनाउने षड्यन्त्रमा प्रधानमन्त्री लागेको आरोप लगाए । 

अहिलेको ६ महिने र ९ महिने म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने भन्दै उनले देशलाई स्थिर सरकारको आवश्यकता भएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक