2026-09-02 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका दुई सचिवसँग काँग्रेसका दुई चन्द्रको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

मङ्सिर ९, गुल्मी । गुल्मीका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का दुई सचिवसँग नेपाली काँग्रेसका एउटै नाम भएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमालेका सचिव प्रदीप ज्ञवालीसँग काँग्रेसका नेता चन्द्र भण्डारी र क्षेत्र नं २ मा एमालेका सचिव गोकर्णराज विष्टसँग काँग्रेसका चन्द्रबहादुर केसीको प्रतिष्पर्धा हुँदैछ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मुख्य गरी वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा वाम गठबन्धनको स्थिति मजबुत भएकाले एमाले र माओवादी केन्द्रका कार्यकर्ता उत्साहित छन् भने काँग्रेसका कार्यकर्ता विगतमा जस्तो अन्तरघातमा नलागी मतदाता फकाउनमा व्यस्त छन् । जिल्लामा कूल एक लाख ९६ हजार ३४२ मतदाता रहेको क्षेत्र नं १ मा एक लाख तीन हजार तथा क्षेत्र नं २ मा ९४ हजार मतदाता छन् । 

क्षेत्र नं १ मा स्थानीय तहमा प्राप्त मतका आधारमा काँग्रेसभन्दा वाम गठबन्धन १२ हजारभन्दा बढी मतले अगाडि छ । एमाले उम्मेदवार ज्ञवाली पूर्व सांसदका साथै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ भने भण्डारी निवर्तमान सांसद हुनुहुन्छ । दूवै बौद्धिक र सरल नेताका रुपमा चिनिनुहुन्छ । 

राष्ट्रिय जनमोर्चाले ज्ञवालीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेसँगै भण्डारीलाई थप चुनौती थपिएको छ । नेता ज्ञवालीले विगतमा शुरु गरेका रेसुङ्गा विमानस्थलजस्ता विकासका कार्यक्रममा बजेट कम पठाएर काँग्रेसले पूर्वाग्रह गरेको तर जिल्लाको विकास आफूले गरेको भनी प्रचार गरिएको दाबी गर्नुहुन्छ । नेता भण्डारीले भने आफूले विकासका काम व्यापक गरेकाले त्यसको प्रचार हुनु स्वाभाविक भएको तर्क गर्नुहुन्छ । 

क्षेत्र नं २ मा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री विष्ट र काँग्रेसका पूर्व जिविस सभापति केसीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विष्ट निवर्तमान सांसदका साथै स्थानीय तहमा भिजेको नेता मानिनुहुन्छ । यस क्षेत्रमा पनि स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनको मत १३ हजारले अघि देखिएकाले गठबन्धन ढुक्क देखिएको छ । 

विष्टले त त्योभन्दा बढी मतान्तर ल्याउने उद्घोष गर्दै आउनुभएको छ । सचिव विष्ट आफूसँग कसैको प्रतिस्पर्धा नभए पनि जनतासँग प्रत्यक्ष भेट्न र उनीहरुका कुरा सुन्नका लागि घरदैलोमा रहेको बताउनुहुन्छ भने काँग्रेसका उम्मेदवार केसी लोकतन्त्र र समृद्धिका लागि आफू विजयी हुनुपर्ने जिकिर गर्नुहुन्छ । 

विष्टले आफ्नो क्षेत्रमा सबै परिवारमा निःशुल्क बाख्रा वितरण, घर घरमा पानी र बिजुली उपलब्ध गराउनुका साथै क्षेत्रभरिका सबै घर एउटै रंगको टिनको छानायुक्त बनाउने घोषणा गर्नुभएको छ । 

क्षेत्र नं १ को प्रदेशसभामा वाम गठबन्धनबाट सुदर्शन बराल र कमलराज श्रेष्ठ तथा काँग्रेसबाट पृथ्वी फौजदार र धनेन्द्र कार्की उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं २ को प्रदेशसभामा वाम गठबन्धनबाट खड्गबहादुर खत्री र दिनेश पन्थी तथा काँग्रेसबाट शालिक पन्थी र छन्द पहराई उम्मेदवार रहनुभएको छ । 

निर्वाचनका लागि मुख्य दलले तानसेन रिडी तम्घास सडक तथा रिडी रुद्रवेणी वामीटक्सार सडक कालोपत्र, कालीगण्डकी करिडोर, रेसुङ्गा विमास्थलमा परीक्षण उडान, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने जनाएका छन् । जिल्लामा स्वतन्त्रसहित नौ दलका गरी ५२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । प्रकाश सिलवाल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली