पढ्न करिब 1 मिनेट लाग्छ

असोज १७, काठमाडौँ । नेकपा माले प्रगतिशील जनवादी पार्टी आज नेकपा एमालेमा विलय भएको छ ।

सो पार्टीका महासचिव मधु चालिसेसहित करिब १५० जनालाई आज एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायत नेताले स्वागत गरेका हुन् ।

यसअघि नेकपा मालेको केन्द्रीय सदस्य रहनुभएका ललितपुर निवासी चालिसेले एक वर्षअघि पार्टीबाट निष्क्रिय भई नयाँ समूह स्थापना गरेका थिए ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीमा आउने सबै नयाँ नेता कार्यकर्तालाई योग्यता र क्षमताबमोजिम उचित जिम्मेवारी दिइने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले पार्टीले सञ्चालन गर्ने संविधान कार्यान्वयनसम्बन्धी अभियानमा सक्रिय सहभागी हुन कार्यकर्तालाई आग्रह पनि गरे । रासस