कात्तिक २६, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।&"/>
2026-06-25 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैद्य माओवादीले ‘देशव्यापी विरोध प्रदर्शन’ गर्ने

2016-11-11

कात्तिक २६, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । 

माओवादीको कात्तिक २४ र २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न घटकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिन आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

माओवादीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदण्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकामा आफ्नो पार्टीको विशेष ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ–“एक अर्को मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र आन्तरिक मामिलामा हस्तक्षेपको मान्यता र एक चीन नीतिप्रति पार्टी दृढ रहेको कुरा पुनःसार्वजनिक गरिएको छ । ” 

माओवादीले सङ्घीय जनगणतान्त्रिक संविधान निर्माणका लागि जनआन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्ने र उक्त विषयसित सहमत हुने राजनीतिक शक्तिसित कार्यगत एकता गरी अगाडि बढ्ने निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक