2026-06-25 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव दर्ता यसै साताभित्र हुन्छ: वर्षमान पुन

2016-11-18

मङ्सिर ३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले संविधान संशोधन प्रस्ताव दर्ता यसै साताभित्र गर्ने तयारी भइरहेको बताएका छन् । 

रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा उनले संविधान संशोधन प्रस्ताव माओवादी, काँग्रेसको मात्र नभई राष्ट्रिय एजेन्डा भएकाले कुनै पनि पार्टीले यसमा विरोध गर्न नहुने विचार व्यक्त गरे । 

नेता पुनले प्रतिपक्षमा रहेको नेकपा एमालले पनि संविधान संशोधन प्रकरणमा जिम्मेवार भई प्रस्तुत हुनुपर्ने भन्दै संविधानप्रति असन्तुष्ट पक्षको भावनालाई समेट्ने गरी ल्याउन लागिएको सो प्रस्तावप्रति सबै दल सकारात्मक तरिकाले छलफल गर्नुपर्नेमा जोड दिए । 

उनले संविधान कार्यान्वयन नै अहिलेको मुख्य एजेन्डा भएकाले संविधानमाथि विमति जनाउने पार्टी तथा सरोकारवालासँग संवाद गरी अगाडि बढ्नुपर्ने भनाइ व्यक्त गरे । 

नेता पुनले सविधान संशोधनमा सीमाङ्कन, भाषा, समावेशी प्रतिनिधित्व र नागरिकताका विषयमा छलफल गराउने र राष्ट्रिय हितमा आघात नपुग्ने गरी संशोधनको लागि सरकारले प्रयत्न गर्नुपर्ने सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने