Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज उपत्यकामा बन्द छैन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ७, काठमाडौं । विप्लव माओवादीले आज गरेको उपत्यका बन्दको खासै प्रभाव देखिएको छैन । समय-समयमा बिभिन्न राजनीतिक दलको कारण बन्द हुने काठमाडौँ आज बन्द भनिएपनि खूला छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा विप्लव माओवादीले आज बन्दको आव्हान गरेको थियो । तर बन्द घोषणा भएपछी सवारीको आवत-जावत सामान्य रुपमा पातलिए पनि उपत्यकामा निर्बाध सवारीहरु चलेका छन् । बिहान बन्दको आंशिक प्रभाव देखिएपनि बिहान १० बजेपछि सवारी आवत-जावतको चाप बढेको छ ।

बन्द भनिएपछि उपत्यका छिर्ने सवारी पातलिएको र कतिपय यात्रुहरु बन्द भनिएको कारण गन्तब्यमा जान ननिस्किएको कारण पनि अरु दिनको तुलनामा सवारी साधन संचालनमा कमी आएको छ । त्यस्तै बन्दको डरका कारण निजि सवारी साधन कम चलेका छन् । त्यस्तै दुई पांग्रे मोटरसाइकलहरु निर्वाध चलिरहेका छन् ।

तश्विरमा: चक्रपथमा चलेका सवारी साधनहरु |