Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, काठमाडौँ । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ ।

सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकले स्थानीय तहको निर्वाचनका लागि सहमति गरेको बैठकमा सहभागी नेताले बताएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमति भएको जानकारी दिए ।

बैठकमा नेताले स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन तयार गरिसकेकाले स्थानीय तहको नै निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाइ अघि बढ्ने र त्यसका लागि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने र निर्वाचनसम्बन्धी विधेयक पारित गरी निर्वाचनको मिति तोक्ने सम्बन्धमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सत्तारुढ दलका तर्फबाट संसद् खोल्न गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दलले अस्वीकार गरेको जानकारी दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नका लागि संसद् खोल्न आग्रह गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्भव नहुने बताएको जानकारी दिए ।

बैठकमा एमालेका नेताले निर्वाचनको कुरामा सहमति जनाए पनि संशोधनको प्रस्ताव फिर्ता नभएसम्म संसद् खोल्न नसकिने अडान राखेका थिए । बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले सरकारले एकतर्फी रुपमा संशोधनको प्रस्ताव ल्याएर निषेधको राजनीतिक गरेको आरोप लगाउँदै संशोधन प्रस्ताव मुलुक र जनताको हित विपरीत भएकाले मान्न नसकिने बताए ।

उपाध्यक्ष रावलले भने-, “यस सम्बन्धमा सरकार कसरी अघि बढ्न खोजेको हो स्पष्ट पार्नुप¥यो, हामी सहमतिका साथ अघि बढ्न तयार छौँ ।” बैठकमा तीनै दलका शीर्ष नेताका साथै दोस्रो तहका नेता पनि सहभागी भएका थिए ।