Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निकास निकाल्न प्रचण्डलाई सभामुख घर्तीको आग्रह

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २०, काठमाडौं । सभामुख ओनसरी घर्तीले राजनीतिक निकासका लागि निर्णायक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

बुधबार बिहान सात बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेकी घर्तीले व्यवस्थापिका संसदको अर्को बैठकको मिति भन्दा अघि नै निकास निकाल्ने गरी पहल गर्न आग्रह गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

भेटमा सभामुख घर्तीले प्रधानमन्त्री प्रचण्डलाई सरकारको नेतृत्वकर्ताको हैसियतले दलहरुवीच सम्वाद गरी सहमति खोज्न आग्रह गरिन् । सभामुखको आग्रहपछि प्रधाानमन्त्री प्रचण्डले आजैदेखि सहमति खोज्न लागिपर्ने बताएका थिए । सभामुखले सहमति जुटाउन विभिन्न दलका नेताहरुसँग गरिरहेको छलफल र प्रयासलाई सकारात्मक भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।

सभामुख ओनसरी घर्तीले राजनीतिक निकास निकाल्न आग्रह गर्दै मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेकी थिइन् ।