चैत ८, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उ"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी महानिरीक्षक बन्न सिलवाललाई बाटो खुल्ला

२०७३, ८ चैत्र मंगलवार १३:२२


चैत ८, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ । 

गत फागुन १ गते मन्त्रिपरिषद्ले प्रहरीनायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयलाई उत्प्रेषणको आदेशले आज बदर गरी कार्यसम्पादनका आधारमा उच्चतम अङ्क ल्याउने मध्येबाट बढुवा गर्न सरकारका नाममा परमादेश जारी गरेको हो । 

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासले प्रहरी नियमावली, २०७१ को नियम ४१ को प्रावधानको समुचित परिपालना गरी, न्यायका मान्य सिद्धान्त, सुरक्षा निकायको नियन्त्रण कडीलाई समेत ध्यान दिएर उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको हो । 

आदेशमा भनिएको छ, ‘प्रहरी नियमावलीका आधारमा ज्येष्ठता, कार्यसम्पादनसम्बन्धी योग्यतातर्फ दृष्टिगत गर्दा नवराज सिलवाल नै अग्रस्थानमा रहेको देखियो ।” 

आदेशमा आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म चार वर्षको कुल औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको उल्लेख छ । तर मन्त्रिपरिषद्ले निर्णय गर्दा प्रहरी नियम ४१ ले बढुवा गर्दा प्रक्रियामा कार्यसम्पादन मूल्याङ्कनका पक्षमा कुनै दृष्टि नदिइएको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्ले कार्यसम्पादन मूल्याङ्कनमा सम्पूर्णरुपमा अन्देखा गरेको पाइयो, यसलाई उचित मान्न सकिएन ।’ 

कार्यसम्पादन मूल्याङ्कनमा पहिलो अर्थात् सबैभन्दा बढी अङ्क प्राप्त गरेका व्यक्तिलाई छाडेर चौथो क्रमका व्यक्तिलाई बढुवा गर्नुबाट निर्णयकर्ताको स्वेच्छाचारिका प्रमाणित भएको देखिएको बताइएको छ । 

प्राप्त पुरस्कार, विभूषण, प्रशंसा आदिका दृष्टिले पनि सिलवाल अब्बल देखिएको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘कार्यसम्पादन, वरियता र ज्येष्ठताका आधारमा नगरी चारौँ स्थानका चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय त्रुटिपूर्ण र कानुन प्रतिकूल देखिन आयो ।’ 

आदेशमा रिट निवेदक सिलवालउपर अनुचित भेदभाव हुन पुगेको देखिएको र वरिष्ठताको पहिलो क्रममा रहेका व्यक्तिउपर समानताको व्यवहार नभएको साथै अनुचित र अन्यायपूर्ण व्यवहार देखिएको उल्लेख छ । 

अधिवक्ता कपिलदेव ढकाल र प्रतिस्पर्धी स्वयम् सिलवालले प्रहरी नियमावलीविपरीत सरकारले चन्दलाई प्रहरीमहानिरीक्षकमा बढुवा गरेको भन्दै सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थियो । 

नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली