Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नयाँ शक्तिका उम्मेदवारले चर्चामा आउन अपहरण गरेको नाटक गरे

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २२, काठमाडौं । अपहरणमा परेका भनिएका नयाँ शक्ति पार्टी नेपालको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मदन गिरी गोदावारीको जंगलमा सकुशल फेला परेका छन् ।

नयाँ शक्तिले नागार्जुन नगरपालिका वडा. नम्बर ७ का वडाध्यक्ष मदन गिरी अपहरणमा परेको बताएको थियो । उनी शुक्रबार गोदावरीमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशीले बताए । गिरीलाई हाल परिसरको कार्यालय टेकुमा राखिएको छ ।

प्रहरीले अपहरण काण्डबारे अनुसन्धान गरिएको छ । तर, चुनावमा चर्चामा आउन अपहरणको नाटक गरेको आशंका गरिएको छ ।

नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्तिको आरोप थियो । तर, प्रहरीले भने गिरी सम्पर्कविहिनमा अपहरणको ‘संकेत’ फेला नपरेको र अन्य कुनै कारणले उनी बेपत्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

‘यसमा अपहरणभन्दा पनि अन्य कारण रहेको देखिन्छ । उनको बयानबाट अपहरणमा परेको जस्तो पाएनौँ । हामी यस विषयमा अनुसन्धान गरिरहेका छौँ,’ जोशीले भने ।

गिरीले चार जनाको समूहले आफूलाई अपहरण गरेको भन्दै एसएमएस गरेका थिए । लगतै प्रहरीले उनको खोजी थालेको थियो । तर, उनी अपहरणमा परेको नभई सम्पर्क बाहिर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।