Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सहकारी पीडितहरुले आज माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको छ। प्रदर्शनकारीहरुले वानेश्वरतर्फ जाने क्रममा प्रहरीले रोक लगाउँदा झडप भएको हो। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीको बलप्रयोगमा तीनजना घाइते भएका छन्, जसमध्ये एकजनाको टाउको फुटेको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा प्रदर्शनकारीहरुले आज काठमाडौंका विभिन्न स्थानहरु—गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट प्रदर्शन गरी माइतीघरमा भेला भएका थिए।

माइतीघरमा भेला भएका पीडितहरुले आफूले लगानी गरेको पैसा डुबेको र सरकारी निकायहरुको लापरवाहीको विरोधमा ब्यानर र प्लेकार्डसहित नाराबाजी गरेका थिए। उनीहरुले सहकारीको रकम फिर्ता र मंहगी अन्यतको अन्त्यको माग गरेका छन्।