पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरिएको जनाएको छ ।

सोमबार दिउँसो मन्त्रिपरिषद बैठकले यी दुबै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिर गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा भने परिषद बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।