साउन ७, काठमाडौं । बिनोद चौधरी नेतृत्वको व्यापारिक कम्पनी चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । बिनोद चौधरी नेतृत्वको व्यापारिक कम्पनी चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम"/>
२०८३, ७ बैशाख सोमबार
काठमाडौँ - KTM

चौधरी ग्रुपका पीडत मजदुर भन्छन्- ‘अधिकार खोसेर लिन नपरोस्’

२०७३, ७ श्रावण शुक्रबार ०५:१०

साउन ७, काठमाडौं । बिनोद चौधरी नेतृत्वको व्यापारिक कम्पनी चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम्युनिकेसन कम्पनीका मजदुरहरुले आफूहरु अधिकार खोसेर लिन पनि तयार रहेको बताएका छन् । 

कम्पनीले पाँच महिनादेखि तलब रोकेर राखिएका करिब सय जना मजदुरहरु चार महिनादेखि आन्दोलित छन् । उनीहरु आज राजधानीको अनामनगरस्थि संवाद डबलीमा ‘मजदुरका १३ सूत्रीय माग विषयक’ अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यो कुरा बताएका हुन् । 

कार्यक्रम संचारकर्मी, सरोकारवाला तथा विभिन्न मजदुर संगठनका नेताहरुको उपस्थितिमा पीडितहरुको संगठन अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना तथा प्रकाशन मजदुर संघ, सीजी कम्युनिकेसन ईकाई कमिटीले आयोजना गरेको हो ।

कार्यक्रममा मजदुर नेताहरुले मजदुरको श्रमको मूल्यमा चौधरी ग्रुपले खेलबाड गर्न नपाइने बताउँदै पीडितहरुले उठाएका मागहरु ऐक्यवद्धता जनाए । कम्युनिकेसनका व्यवस्थापन पक्षले ७३ जना स्थायी मजदुरलाई तलब रोक्ने र केहीलाई बर्खास्त गरेर अन्यायमा पारेको पीडितहरुले बताएका छन् ।

यसैबीच व्यवस्थापन पक्षबाट कम्पनी बिक्री लागेको नाटक गरेर सबै मजदुरलाई निष्कासन गर्ने तथा पीडितहरु एकजुट हुनबाट रोक्ने प्रयास गर्दै आइरहेको छ । संगठित हुन पाउने आफूहरुको अधिकारलाई कम्पनी व्यवस्थापनले कुण्ठित गर्न खोजेको भन्दै सरकारको ध्यानाकर्षण समेत पीडितहरुले गराएका छन् । 

२०६० सालदेखि पूर्वका १४ र पश्चिम दर्जनभन्दी जिल्लामा एसटीएम मोवाईल फोन सेवा संचालन गर्दै आइरहेको यस कम्पनीमा सरकारको अनुमतिमा विश्व बैंकबाट एक अर्ब रुपैयाँ लगानी छ । बाँकी २० प्रतिशत कम्पनीको रहेको छ । लामो समयदेखि व्यवस्थापन पक्षले कम्पनी घाटामा गएको देखाउँदै आइरहेका छन् । 

कार्यक्रममा बोल्दै नेकपा माओवादीका पीबीएम एवं केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले अर्बपतिको कम्पनीका मजदुरहरुले तलब नपाउनु बिडम्बना भएको बताए । मजदुरले श्रमको मूल्य पाउनु पहिलो अधिकार रहेको बताउँदै प्रमुख बुढाले भने दलालपुँजीपतिहरुको हातमा राज्यसत्ता रहेसम्म मजदुरले न्याय नपाउने बताए । ‘मजदुरले श्रम र पसिनाको मोल पाउने कुरा निसर्त विषय हो’ उनले भने ।

त्यस्तै माओवादी केन्द्रीय सदस्य एवं कोशी ब्यूरो इन्चार्ज पदम राईले सीजी ग्रुपले मजदुरमाथि गरेको अन्यायविरुद्ध सशक्त ढंगबाट आन्दोलन अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दलाल मालिकहरुले दिएका अन्यायको हिसाबकिताब गर्न मजदुर अघि सर्नुपर्छ, हामी साथ छौं’ राईले भने । ‘कहिलेकाही अधिकार खोसेर लिनुपर्ने हुन सक्छ’ राईको भनाई छ । 

पीडित मजदुर सबै प्राविधिकहरु हुन् । आफूहरुले वैधानिक र सरल तरिकाबाट मजदुरका अधिकार मागिरहेको बताउँदै व्यवस्थापन टिमले नसुनेझैं गरेमा कडा संर्घषका प्रस्तुत हुने चेतावनी पीडितहरुले दिए । 

अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघका महासचिव शंकर अधिकारीले मजदुरको समस्या व्यवस्थापनसँग मात्र नभई मालिक विनोद चौधरीसित जोडिएको बताउँदै समयमै मजदुरको माग पूरा गर्न चौधरीलाई आग्रह गरे । मागबारे सुनुवाई गर्न ढिला भए संघर्षले छिट्टै उचाई लिने बताए ।

त्यस्तै अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघ कोशी ब्यूरो इन्चार्ज बिजय प्यासीले राज्यकै दायित्वमा कूल पूँजीको ८० प्रतिशत रकम विश्व बैंकको लगानीमा संचालित एसटीएम फोन सेवाबारे सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । मजदुरहरुले आफ्नो उर्बर उमेर कम्पनीमै खर्चेको बताउँदै अहिले कम्पनीसँग शेयर वा हिस्सेदारी नभई श्रमको मूल्य मात्र मागिरहेको बताए ।

‘अहिले यहाँका हामी मजदुरहरुले आफ्नो श्रमको मूल्य मात्र मागिरहेका छौं । यसलाई बेवास्ता गरिन्छ भने सबै हिसाबकिताब खोज्न बाध्य हुन्छौं’ इन्चार्ज प्यासीले भने । उनले विदेशी दलालपुँजीपतिहरुको इसारामा कार्यरत मजदुरमाथि अपमान र अन्याय गरिरहेको बताउँदै पीडित मजदुरका माग तत्काल पूरा गर्न एसटीएम टेलिकम व्यवस्थापनसँग माग गरे । मजदुरहरु आफ्नो अधिकार नपाए खोसेर लिनसमेत तयार हुनुपर्ने प्यासीले बताए ।

ईकाई कमिटीका अध्यक्ष विरेन्द्रप्रसाद चौधरीले आफूहरुको जायज माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । सम्पूर्ण माग पूरा गर्न व्यवस्थापन पक्षले ढिला गरेमा अन्तिमसम्म अधिकारको लड्न तयार रहेको भन्दै यसअघि व्यवस्थापन पक्ष र मजदुर कर्मचारीबीच भएका सम्झौता पूर्ण रुपमा कार्यान्वयन माग गरे । व्यवस्थापन पक्षले वार्ताको वातावरण समेत बिगार्दै लगेको उनको आरोप छ ।

सल्लाहकार सदस्य जीवन दाहालले पीडित मजदुरहरु क्षेत्रीय कार्यालयबाट मुख्यालयसम्म आइपुग्दा समेत व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । श्रम र पसिनाकोा मूल्यमाथि देखिएको समस्या समाधानमा कम्पनी संचालकहरु गम्भीर नहुनु दुःखद भएको बताए ।

उनीहरुले कम्पनी संचालक समितिले एकपक्षीय कर्मचारी छनौट गर्ने निर्णय खारेज गर्नुपर्ने, ग्राहकको सेवा र सुविधा विस्तार गर्न दूरसंचार प्राधिकरणको नियमअनुसार पूर्वाधार निर्माण तत्काल थालिनुपर्ने माग आगाडि सारेका छन् । 

त्यस्तै कर्मचारी (मजदुर)ले खाईपाई आएको तबलमा मासिक दस हजार रुपैयाँ वृद्धि गरिनुपर्ने, टाढाका कर्मचारीलाई कम्पनीमै बस्ने व्यवस्था मिलाइनुपर्ने, दैनिक भत्ताको व्यवस्थान हुनुपर्ने, जीवन बीमा गर्नुका साथै बिरामी पर्दाको तलब पाउनुपर्ने, दुर्गम भत्ताको व्यवस्था हुनुपर्ने, कर्मचारीको स्वास्थ्य परीक्षण निशुल्क गरिनुपर्ने तथा समयको गरिनुपर्नेलगायत तेह्र सूत्रीय माग रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ