2026-06-22 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय विदेश सचिव नेपाल आउँने

2020-11-10

कात्तिक २५, काठमाडौं | भारतीय परराष्ट्र सचिव नेपाल आउने भएका छन् | नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारीसंगै भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने भएका हुन् |

यसअघि भारतीय सेनापति मनोज मुकुन्द नरवणेले तीन दिने नेपाल भ्रमण गरेका थिए | उनको भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडी बढेको थियो | उनी नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने निश्चित भएको बताइएको छ |

विदेश भ्रमणका क्रममा उनी आइतबारदेखि माल्दिभ्सको भ्रमणमा छन् | नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, लिमियाधुरा लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने निश्चित भने भइसकेको छैन | सन् भारतसँग सन २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएपनि सीमासम्बन्धी विषयमा एउटा बैठक पनि बसेको छैन | उक्त भ्रमणमा द्विपक्षीय एजेण्डाहरुको बारेमा भने छलफल हुने बताइएको छ | 

दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा अर्को महिना बस्ने तयारी भईरहेको छ | आयोगको बैठकमा सीमा विवादका सम्बन्धमा कुराकानी हुने कार्यक्रम रहेको छ | त्यस्तै  दुई देशको बिचमा सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखिएका सीमा सम्बन्धी प्राविधिक समस्याहरु समाधन गर्न गठन गरिएको बाउन्ड्री वर्किङ गु्रप बैठकको तयारी गरिएको छ | उक्त बैठकका लागि नेपालले अगष्ट महिनामा नै प्रस्ताव गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ