2026-06-21 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौं : भिम रावल

2020-11-18

मंसिर ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले पार्टीलाई फुट र विभाजन गर्ने कुकर्ममा नलाग्न आग्रह गरेका छन | उनले बुधबार बिहान ट्वीट गर्दै देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका हुन् |

नेकपा भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला रावलले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन | रावलले ट्वीटमा लेखेका छन्,"नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।'

पछिल्लो समय नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच शक्ति संघर्ष बढ्दै गएको छ | बुधबार बस्ने भनिएको सचिवालय बैठक सार्ने कसरतमा ओली छन् भने,सचिवालय बैठक बस्नै पर्ने अडानमा प्रचण्ड पक्षका नेताहरु छन् |

यसअघि गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ