वैशाख ९, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाबिच भएको भेटवार्ता निष्कर्ष बिहिन भएको छ । बिहिबार राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए ।

बिहिबार दिउँसो करिब दुई घन्टाभएको भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताएका हुन् । नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ‘ब्रिफिङ’ गरेका थिए ।

नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर अवलोकन गरेका थिए । यसअघि बुधबार पनि दुवै नेताबीच सोहि होटेलमा भेटवार्ता भएको थियो ।

पार्टी विभाजनमा पुग्ने आशङ्का बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद शुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ ।

ओली र नेपालबीचको भेटवार्ता निष्कर्ष विहिन
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment