2026-09-22 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ, यसरी गर्नुस् उजुरी

वैशाख ९, काठमाडौँ  । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ ? या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ सेवा शुरु गरेको छ । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था वा एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीयता र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रहेर ग्राहकको हितलाई प्राथमिकतामा राखिएको जनाएको छ । राष्ट्र बैंकले गुनासो दर्ता गर्ने, दर्ता भएको गुनासोको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुने, गुनासोको स्थिति थाहा पाउने र गुनासोका अन्तिम निर्णय विद्युतीय माध्यमबाटै थाहा हुने प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिएको छ । 

विश्वसनीय, पारदर्शी एवं व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखेर वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न पोर्टल सञ्चालनमा ल्याएको छ । 

केन्द्रीय बैंकले गुनासो डट एनआरबी डट ओआरजी डट एनपीमार्फत सो सेवा शुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्ने, वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने नीति लिइएको छ । 

त्यस्तै, वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप सङ्कलन, कर्जा प्रवाह, कर्जा असुलीलगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ । 

ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्र प्रतिको विश्वास कायम राख्ने, ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने लक्ष्य राखिएको छ । त्यस्तै, गुनासो सुनुवाई प्रक्रियालाई सहज र पारदर्शी बनाउने र वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराइनेछ । 

वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनमा केन्द्रीय बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराई नीतिगत सुधार गर्ने लक्ष्य राखिएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी