Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १०, काठमाडौँ |</b> नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने सम्भावना व्यक्त गरेका छन्। शनिवार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले माधव नेपाल र आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुने बताए।<br></p><p>उनले भने, ‘माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’ प्रचण्डले माधव नेपाल मात्र होइन, बाबुरामलगायत विचार मिल्ने अरूसँग पनि सँगै हुने आफूलाई लागेको बताए। नेतृत्व भनेको औपचारिक मात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ।</p><p>‘नेतृत्व भनेको औपचारिक मात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन,’ उनले भने, ‘हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचन हुनुहुँदैन पनि भन्दैनौं।’</p>