Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माओवादी महाधिवेशनमा किन नजाने भए एमाले अध्यक्ष ओली ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ११, काठमाडौँ | </b>नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन ओली शनिबार गृहजिल्ला झापा पुगेका कारण सहभागी नहुने भएका&nbsp; छन् ।<br></p><p>‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने ।&nbsp; उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिए ।</p><p>यसअघि एमालेको महाधिवेशनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिएनन् । माओवादीले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको छ ।</p>